
काठमाडौं। नर्भिक अस्पताल र चौधरी ग्रुपले अपांगता भएको ब्यक्तिको लागि कृत्रिम खुटा वितरण सुरु गरेका छन्।
भारतको भगवान महावीर अपाङ्गता सहायता नर्भिक अस्पताल र चौधरी ग्रुपले काठमाडौं र नवलपुरमा ५ सय भन्दा बढीलाई नि : शुल्क कृत्रिम खुट्टा उपलब्ध गराउने योजना रहेको छ।
दुर्घटना र् अन्य विभिन्न कारणले खुट्टा गुमाएकाहरुलाई अस्पतालले आईतबारबाट खुट्टा कृतिम वितरन सुरु गरेको हो। नवलपुरमा भने बिशेष सिविर मार्फत खुट्टा गुमाएकाहरुमा कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने योजना रहेको छ।
एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवश्यकता रहेको छ।