ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

<p>काठमाडाैं । ओम डेभलपमेन्ट बैंक लि. र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने [&hellip;]</p>

काठमाडाैं । ओम डेभलपमेन्ट बैंक लि. र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वबिधालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा गराउने तथा बैंकद्धारा प्रबाह गरिने सेवा सुविधाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।

Share News