काठमाडौं । कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरमा भर्ना खुलेको छ । काठमाडौंको पुतलीसडक स्थित उक्त कलेजमा १९ औँ ब्याचका लागि भर्ना खुल्ला गरिएको हो ।
जुनसुकै सङ्कायबाट स्नातक गरेका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । ट्युशन फिका लागि श्रमजीवि पत्रकारलाई १०० प्रतिशत छुटको व्यवस्था रहेको कलेज व्यवस्थापन समितिले जनाएको छ ।