किन पिउने नरिवलकाे पानी ? ताैल घटाउनेदेखि डिप्रेसन हटाउनसम्म उपयाेगी

<p>काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ। नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव [&hellip;]</p>

काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ।

नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव

१.  कम क्यालोरीयुक्त पेय पदार्थ

नरिवल पानी प्रशाेधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि राम्रो औषधि हो।

डा. रश्मी सुधा

२‍. पाचन बढाउन

नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्याउछ। डिहाइड्रेसन भएका व्यक्तिहरुले नरिवलको पानीबाट अत्यन्त लाभ उठाउन सक्छन्। नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ।

३. कपाल झर्न राेक्छ, छिटाे बुढाे भइँदैन

नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ।

४‍. डिप्रेसनबाट मुक्ति

रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ जसले तपाईंको मुडलाई ताजा बनाउँदछ।

५. शरिरकाे ताैल घटाउन

कम-क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो।

६. शरिर मजबुद बनाउन

क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयाेग गर्दछ।

७. मिर्गाैलाकाे पत्थरी गायव

नरिवल पानी मिर्गाैलाकाे पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी नहुने सुनिश्चित गर्छ।

८. सन्तुलित रक्तचाप

नरिवल पानी उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन-सी ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ।

९. माइग्रेनकाे दुखाईमा कमी

नरिवल पानीमा पाइने म्याग्नेसियमले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।

Share News