भरतपुर लगायत अन्य ४ अस्पताल अब ‘विशिष्ट विशेषज्ञ अस्पताल’

<p>काठमाडौं। सरकारले भरतपुर अस्पताल लागायत अन्य ४ अस्पताललाई &#8216;विशिष्ट विशेषज्ञ अस्पताल&#8217; का रुपमा स्तरोन्नती गरेको छ। &#8216;मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताल चितवन, कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती हुनेछ। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा [&hellip;]</p>

काठमाडौं। सरकारले भरतपुर अस्पताल लागायत अन्य ४ अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नती गरेको छ। ‘मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताल चितवन, कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती हुनेछ।

अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। मन्त्रालयका अनुसार सबै विशिष्ठ विशेष अस्पताल अब ५०० शैयाका हुनेछन् । सरकारको यो निर्णयसँग प्रदेश तहबाट बनेका विकास समितिहरु खारेज भएर केन्द्र सरकारबाटै नयाँ विकास समिति बन्नेछन्।

Share News