स्पार्क अस्पतालले मनायो २७ औं वार्षिकोत्सब, विभिन्न व्यक्तित्व सम्मानित

<p>काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो मध्ये एक स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब कै अवसर पारेर अस्पतालले सोही अस्पताल उपचारपछि निको भएका विरामीहरुको विचार, उनीहरुको भोगाई र उनीहरुको अस्पताल बसाईबारेमा समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । सोल्टीमोडस्थित [&hellip;]</p>

काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो मध्ये एक स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब मनाएको छ ।

वार्षिकोत्सब कै अवसर पारेर अस्पतालले सोही अस्पताल उपचारपछि निको भएका विरामीहरुको विचार, उनीहरुको भोगाई र उनीहरुको अस्पताल बसाईबारेमा समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । सोल्टीमोडस्थित अस्पताल प्राङ्गणमा भएको उक्त कार्यक्रममा सोही अस्पतालमा उपचार पछि निको भएका बिरामीहरुलाई अथिति बनाइएको थियो ।

कार्यक्रममा बोल्दै कलाकार एवं पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै विरामीलाई अगाडि बढाएर फरक कार्यक्रम गरेको भन्दै प्रशंशा गरे । योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्दतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु ठूलो उपलब्धि भएको बताए ।

प्राकृतिक चिकित्सा पद्दतिका अस्पताल आजको दिनमा समेत टिक्ट गाह्रो रहेको उल्लेख गर्दै उनले भने–‘यस्तो अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता प्रशांशा योग्य छ । यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्छ ।’

कार्यक्रमका सभापति तथा अस्पतालको अध्यक्ष टंकनाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनि सहयात्रीहरुको कारणले सम्भव भएको र विरामीहरुको विश्वास र मायाको कारणले सम्भाव भएको बताए ।

कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिईयो । त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतलाले सञ्चालन गरेको योग कक्षामा सहभागी भई आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो ।

पुस्तक विमोचन कार्यक्रमपछि अस्पतालबाट निको भएका विरामी केदार भट्टराईले ३२ दिन अस्पताल बस्दाको क्षण अविस्मरणीय रहेको बताए । ‘प्यारालाईलिस भएर आफू अब जीवनभरका लागि थला परे भन्ने सोचेको थिएँ । तर, अस्पतालले नयाँ जीवन दिएको छ । मैले यस अस्पतालको प्रशंशा शब्दमा गर्न सक्दिन’ उनले भने ।

वार्षिक उत्सावकै अवसरमा नेपाली स्वस्थ्य क्षेत्रमा अनवर कलम चलाउदै आएका पत्रकार अतुल मिश्रलाई पनि सम्मान गरिएको छ ।

Share News