क्यान्सर रोकथामको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छः प्रा.डा.पौडेल

<p>काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सर लगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च [&hellip;]</p>


काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सर लगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् ।

आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए ।

क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे ।

विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागरबहादुर सिँहले वित्तीय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्व अनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए ।

हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

Share News