‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ’ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

<p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए। एक्स्पोमा मन्त्री यादवले भने ‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।’ सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि [&hellip;]</p>

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए।

एक्स्पोमा मन्त्री यादवले भने ‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।’ सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै मन्त्री यादवले नेपाल सरकारले अब चाँडै नै नेपालमा पर्यापता मात्रामा उत्पादन हुने औषधीको आयतमा पनि रोक लगाउने बताएका छन्।

नेपाल औषधी उत्पादक संघद्वारा आयोजित नेपाल फार्मा तथा हेल्थ एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ ।

नेपालमा हाल ४० प्रतिसत औषधी उत्पादन हुन्छ भने बाकीँ ६० प्रतिसत भने आयत गरिन्छ। नेपालमा उत्पादन गरिएको औषधीहरु अन्तर्राष्ट्रिय स्तरको रहेको छ।

काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएका छन्।

Share News