काठमाडौं। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा १४६ जना चिकित्सक अनुत्तीर्ण भएका छन्। परिक्षामा सहभागी ३६८ जना चिकित्सक मध्ये १४६ जना अनुत्तीर्ण भएका हुन्।
काउन्सिलको यस वर्षको तेस्रो तथा अन्तिम परीक्षामा २२२ जना अर्थात् ६०.३३ प्रतिशत उत्तीर्ण रहेको छ। गत वर्ष भने ६६ प्रतिशत पास भएका थिए।
अनुत्तीर्ण हुनेमा चीन र बंगलादेशमा अध्ययन गरेका चिकित्सकको संख्या बढी रहेको काउन्सिलका रजिष्टार डा. दिलीप शर्माले जानकारी दिए।
परीक्षा शनिबार स्वयम्भुस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो।