काठमाडौं। काठमाडौँका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त तथ्यांक अनुसार ८२६ जना बिरामीहरुमा सिजनल
इन्फ़्लुएन्जा भएको प्रमाणित भएको छ। २०७५ पौष १७ देखी फागुन १७ सम्म १६१५ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको मध्ये ६९६ जनामा ईन्फ्लुन्जा A H1N1 (pdm 09), ३१ जनामा ईन्फ्लुन्जा A/H3 र ९९ जनामा ईन्फ्लुन्जा B प्रमाणित भएको हो।
महाशाखाको अनुसार गत पौष १५ देखी फागुन १७ (मार्च १) सम्ममा काठमाडौँका अस्पतालहरुमा सिजनल
इन्फ़्लुएन्जा रोग प्रमाणित १६ जना व्यक्तिको जटिलता भई मृत्यु भईसकेको छ।
महाशाखाले इन्फ़्लुएन्जाका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने Anti-viral औषधि Oseltamivir दैनिक रुपमा महाशाखाबाट विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ। त्यस्तै कुनैपनि विरामी औषधी पाउनबाट वञ्चित नभएको महाशाखाले जनाएको छ।
ईन्फ्लुन्जाको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क रुपमा भईरहेको छ।
महाशाखाबाट विरामीहरुको उपचारको लागि औषधि वितरण गरिएको विभिन्न अस्पतालहरुको सूची :
