नेपालयले मनायो ३५ औं वार्षिकउत्सव; उत्कृष्ठ विद्यार्थी, शिक्षक र अभिभावक पुरस्कृत

<p>काठमाडौं । नेपालय एजुकेशन फाउण्डेशनले ३५औं वार्षिकउत्सव मनाएको छ । वार्षिकउत्सावको सन्दर्भमा फाउण्डेशनले अभिभावक दिवस मनाउनुको साथै वर्षभरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फाउन्डेशनका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको संस्कृति, परम्परा झल्कने गीत, नृत्य, नाटक, जादु, कविता, गजलहरुको [&hellip;]</p>

काठमाडौं । नेपालय एजुकेशन फाउण्डेशनले ३५औं वार्षिकउत्सव मनाएको छ । वार्षिकउत्सावको सन्दर्भमा फाउण्डेशनले अभिभावक दिवस मनाउनुको साथै वर्षभरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फाउन्डेशनका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको संस्कृति, परम्परा झल्कने गीत, नृत्य, नाटक, जादु, कविता, गजलहरुको उत्कृष्ट प्रस्तुति थियो ।

कार्यक्रममा प्रमुख अथिति डा नवराज लम्सालले नेपालयका विद्यार्थीहरुको प्रस्तुतिमा राष्ट्रियताको भावना, नेपालको विविध संस्कृति पक्ष, विद्यालयको मौलिकता प्रष्ट रुपमा देखिएकोमा प्रसंशा गरे । नेपालीले सबैभन्दा पहिला नेपाललाई माया गर्नु पर्ने, दोस्रोमा बुबाआमालाई माया गर्नुपर्ने, तेस्रोमा गुरु (शिक्षक शिक्षिका)लाई माया गर्नुपर्ने बताए ।

काठमाडौं जिल्ला शिक्षा कार्यलयको विद्यालय निरीक्षक बुद्धि भट्टले काठमाडौंका राम्रा स्कूलहरु मध्ये नेपालय उच्च माध्यमिक विद्यालय एक रहेको बताउँदै काठमाडौंमा निजी विद्यालयले गरेको योगदानको प्रशंशा गरे । स्कूल तथा कलेजले दिने शिक्षा केवल प्रमाणपत्रको लागि मात्र नभई व्यवहारिक ज्ञानको लागि हुने पर्नेमा जोड दिदै स्कूलहरुको विद्यार्थीको जीवनलाई उत्कृष्ट बनाउन शिकाउनु पर्ने बताए ।

सो कार्यक्रममा नेपालय फाउण्डेशनले स्टुडेन्ट अफ द एयरमा सिनियरतर्फ आस्था पौडेललाई र जुनियरतर्फ रानु गोपालीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट शिक्षकको रुपमा कुसहरि मगर र उत्कृष्ट अभिभावकतर्फ अमिता बलामीलाई सम्मानित गरेको छ ।

नेपालय एजुकेशन फाउण्डेशनले नर्सरीदेखि मास्टरडिग्रीसम्मको शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनका अध्यक्ष डा खोमराज खरेलले बताए । प्राचार्य मनोज थापा मगरका अनुसार नर्सरीदेखि १२ कक्षासम्म १५५० विद्यार्थी छन् । स्नातक र स्नातकोत्तरमा करिव ७५० विद्यार्थी छन् । सबै तहमा गरी १७५ जना शिक्षक शिक्षिकाले अध्यापन गराउछन् भने प्रशासनतर्फ २१ जना कर्मचारी छन् ।

Share News