सातौं फर्मा एक्स्पोमा ३० हजारले गरे अवलोकन, ५०० ले गरे मरणोप्रान्त अंगदान

<p>काठमाडौं। नेपाल औषधी उत्पादक संघद्वारा संचालन गरिएको सातौं नेपाल फर्मा एक्स्पो आईतबार सम्पन्न भएको छ। चितवनमा सम्पन्न भएको एक्स्पोमा मरणोप्रान्त अंगदानको सामाजिक अभियान चलाइएको थियो। हरेक दुई बर्षमा हुने एक्स्पो करिब ३० हजार मानिसले अवलोकन गरेका छन्। एक्स्पो पहिलो पटक काठमाडौं बाहिर भएता पनि अवलोकन कर्ताहरुको राम्रो उपस्थिती भएको संघका अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए। [&hellip;]</p>

काठमाडौं। नेपाल औषधी उत्पादक संघद्वारा संचालन गरिएको सातौं नेपाल फर्मा एक्स्पो आईतबार सम्पन्न भएको छ। चितवनमा सम्पन्न भएको एक्स्पोमा मरणोप्रान्त अंगदानको सामाजिक अभियान चलाइएको थियो। हरेक दुई बर्षमा हुने एक्स्पो करिब ३० हजार मानिसले अवलोकन गरेका छन्।

एक्स्पो पहिलो पटक काठमाडौं बाहिर भएता पनि अवलोकन कर्ताहरुको राम्रो उपस्थिती भएको संघका अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवद्वारा सुरु गरिएको उक्त एक्स्पोको दोस्रो दिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मरणोप्रान्त अंगदान सामाजिक अभियान उद्घाटन गरेका थिए ।अभियानमा करिब ५ सयजनाले मरणोप्रान्त अंगदानका लागि मन्जुरीनामामा हस्ताक्षर गरेका छन् ।

एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका थिए जसमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको थियो।

Share News