कालिका लघुवित्तको तीन दिने तालिम, ७० शाखाका प्रबन्धक सहभागी

<p>काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्य सञ्चालन तथा बिमा सम्बन्धि ३ दिने तालिम चितवनको सौराहा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको तालिम फागुन १८ गते शुरु भई २० गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण खाँडले कालिका कर्मचारीमैत्री हुने बताउदै [&hellip;]</p>

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्य सञ्चालन तथा बिमा सम्बन्धि ३ दिने तालिम चितवनको सौराहा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको तालिम फागुन १८ गते शुरु भई २० गते सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण खाँडले कालिका कर्मचारीमैत्री हुने बताउदै संस्थाको लक्ष्य हासिल गर्न रचनात्मक तरिकाले कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन तथा सुझाव दिएका थिए ।

कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुखहरुले सहजिकरण गरेका थिए । संस्थाको आर्थिक वर्षको अन्तिम सम्ममा ५५ हजार सदस्यहरुबाट ८२ करोड निक्षेप संकलन सहित २२१ करोड लगानी पुर्याउने लक्ष्य रहेको छ । प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कर्मचारीहरुलाई सदस्यमैत्री बनेर सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

यसैबीचमा संस्थापक समूहको तर्फबाट निर्वाचित भएका सञ्चालकहरु नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ र कृष्णकाजी केसीले अध्यक्ष कृष्ण खाँड समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले नियुक्त भएका छन् ।

कार्यक्रममा सर्वसाधारण समूहका सञ्चालकद्धय विश्वराज नेपाल र करुणा पोख्रेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय प्रबन्धक सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी लगायतको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

Share News