काठमाडौं। अन्तराष्ट्रिय शिक्षण सेवा तथा आईल्टिएस परिक्षामा समेत स्वामित्व भएको आईडिपी एजुकेसनले नेपालमा आफ्नो प्रथम कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षा सुरु गरेको छ । आईडिपीले कम्प्युटर प्रणालिवाट संचालन गरिने आईल्टिएस परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । केन्द्रको उद्घाटन आईडिपीका लागि दक्षिण एसिया, इन्डोनेशिया र मलेशियाका आईल्टिएस अपरेसन डिरेकटर विशाल गुप्ता र – नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठ संयुक्त रुपमा नेपालको प्रख्यात कन्सलटेन्सीहरुका समिपमा गरेका छन् ।
यसै सन्दर्भमा हेड अफ आईल्टिएस अपरेसन नेपाल कविर खड्गीले भन्नुभयो – “संसारकै लोकप्रिय आईएल्टीएस अङ्ग्रेजी भाषाको परिक्षा अब उपरान्त परिक्षार्थीहरुले कम्प्युटर मार्फत दिन सक्नेछन् । यस परिक्षा केन्द्रले परिक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परिक्षाको अनुभव दिनेछ भन्नेमा हामी विश्वस्त छौं । ”
आईडिपिले कम्प्युटर प्रणालि मार्फत संचालन गरिने आईएलटिएस परिक्षा अस्ट्रेलियामा केहि महिना अगाडि सुरुवात गरेको थियो । यस कम्प्युटर मार्फत दिईने आईएलटिएस परिक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन् । साथमा मैखिक अन्तर्वाता ( स्पिकिङ टेस्ट) पहिले झै आईएलटिएसद्धारा प्रमाणित परिक्षकले व्यक्तिगत रुपमा लिने छ ।
यस कम्प्युटर प्रणालिबाट संचालन गरिने आईएलटिएस परिक्षामा विद्यार्थीले आफ्न उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्नको साथसाथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्नेछन्। यस परिक्षा टाईपिङ्गमा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कापि र कलममा लिईदै आएको आईएलटिएस परिक्षालाई पनि निरन्तरता दिईएको छ । परिक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारीत आईएलटिएस परिक्षाको ज्ञान तथा अनुभव लिन लाई साथसाथै दर्ता गर्नलाई पनि आईडिपी आईएलटिएस नेपालको वेभसाईट www.idpielts.nepal मा लगईन गर्न सक्नेछन् ।
नेपालको लागि कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठले भन्नुभयो – “आईएलटिएस परिक्षालाई अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएका छन् । यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा – कापि र कलम र कम्प्युटर प्रणालिमा उपल्ब्ध छ । हामीले यस कम्प्युटर आईएलटिएसद्वारा विद्यार्थीहरुलाई आफ्नो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विक्लप दिएका छौं। ” आईडिपीको कम्प्युटर प्रणलीवाट दिईने आईएलटिएस को परिक्षाकेन्द्रहरु विश्व स्तरिय भई परिक्षार्थीहरुको चाहना र सरलतालाई ध्यानमा राखी बनाईएका छन्।