अनलाइन फाराम नभरेका १००० जना विद्यार्थीले परीक्षा दिन पाउने, विद्यालयलाई भने कारबाही हुने

<p>काठमाडौं। विद्यालयको लापार्वाहीको कारण परिक्षा दिन नपाउने भएका कक्षा ८ का १००० जना विद्यार्थीहरुले परिक्षा दिन पाउने भएका छन्। काठमाडौं महानगरपालिकालेको परिक्षा समितीको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालयले लापरवाही गरेको कारणले विद्यार्थीको भविष्य जोखिममा नपार्ने कामपाकि शिक्षा विभाग प्रमुख निर्मला केसीले बताईन्। केसीले विद्यालयलाई भने कारवाही हुने जानकारी दिईन्। बैठकले विद्यालयलाई स्पस्टीकरण माग्ने [&hellip;]</p>

काठमाडौं। विद्यालयको लापार्वाहीको कारण परिक्षा दिन नपाउने भएका कक्षा ८ का १००० जना विद्यार्थीहरुले परिक्षा दिन पाउने भएका छन्।

काठमाडौं महानगरपालिकालेको परिक्षा समितीको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालयले लापरवाही गरेको कारणले विद्यार्थीको भविष्य जोखिममा नपार्ने कामपाकि शिक्षा विभाग प्रमुख निर्मला केसीले बताईन्। केसीले विद्यालयलाई भने कारवाही हुने जानकारी दिईन्।

बैठकले विद्यालयलाई स्पस्टीकरण माग्ने र त्यसपछी मात्र विद्यालयमा प्रश्नपत्र पठाउने निर्णय गरेको छ।

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परिक्षा गत बर्ष देखी अनलाईन मार्फत भर्ने नियम बनाएको थियो। तर २० वटा विद्यालय ले त्यसलाई लापारवाही गरेको कारण १००० जना विद्यार्थी परिक्षाबाट बन्चित भएका थिए। कामपा शिक्षा विभागले पटक पटक निर्देशन दिँदा पनि विद्यालयहरुले अटेरी गरेका थिए।

Share News