ब्रिज कोर्समा करियर काउन्सिलिङलाई प्राथमिकतामा राखेका छौं-सौरभ श्रेष्ठ

<p>सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन गरिन्थे । नेपालमा पहिलो पटक ब्रिज कोर्स हामीले सञ्चालनमा ल्याएका हौं । नेपाली परम्परा अनुसार विज्ञान संकाय पढ्ने व्यक्तिले मात्र ब्रिज [&hellip;]</p>

सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा

काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन गरिन्थे । नेपालमा पहिलो पटक ब्रिज कोर्स हामीले सञ्चालनमा ल्याएका हौं । नेपाली परम्परा अनुसार विज्ञान संकाय पढ्ने व्यक्तिले मात्र ब्रिज कोर्स अध्ययन गर्ने परिपाटी रहेको थियो ।

अहिले व्यवस्थापन, नर्सिङ विषयमा विद्यार्थीहरुले पनि कोर्स अध्ययन गर्न थालेका छन् । कतिपय विद्यार्थीहरु सही विषय छनोट गर्न नजान्दा केहि समय एक संकाय पढ्ने र यसपछि अर्को संकायमा अध्ययन गर्ने गर्दछन् । यसले विद्यार्थीहरुको समय खेर गइरहेको हुन्छ ।

विद्यार्थीको जीवनमा १० वर्षको अध्ययनपछि एउटा निश्चित आकार लिने बेला भनेको ११ कक्षाको अध्ययन गर्ने बेला हो । एसइईलाई त फलामे ढोका पनि भनिन्छ । यसबाट बाहिर निस्किएपछि कसरी आफ्नो करियरलाई अघि बढाउने भन्ने विषयमा राम्ररी सोच्नु पर्दछ । कक्षा १० सम्मको अध्ययनलाई हामीले सामान्य अध्ययन मानिन्छ भने यसपछिको अध्ययनलाई विशिष्ठीकृत अध्ययन मानिन्छ ।

१० कक्षासम्म अध्ययन गर्दा विद्यार्थीहरुले एउटा धार बनाइसकेका हुन्छन् । तर, यो धारलाई पहिचान गर्नु प्रमुख चुनौति हो । एउटा विद्यार्थीको शैक्षिक भविश्य सफल हुनको लागि उसको रुचि, क्षमता, परिवारको आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराले प्रभाव पारेको हुन्छ । हाम्रो २८ वर्षको अनुभवले के देखाएको छ भने विगतको दिनमा अभिवावकहरु मेरो छोरा छोरीले यो नै पढ्नपर्छ भनेर दवाव दिने गर्दथे, तर आजको दिनमा अभिभावकहरु सकारात्मक रहेका छन् ।

बालबालिकाको भविश्यप्रति उनीहरु निकै सजग रहेका छन् । यस विषयमा खुलेर कुरा गर्न चाहन्छन् । हिजोका दिनमा राम्रो भविश्यको लागि विज्ञान संकाय नै पढ्नु पर्छ भन्ने थियो, तर आजको दिनमा यो कुरा इतिहास भैसकेको छ । प्राविधिक शिक्षाका नयाँनयाँ विषयहरु थपिइरहेका छन् ।

हामीले साइन्स, म्यानेजमेन्ट, नर्सिङ, ए लेभल लगायतका विषयहरुको लागि कोर्स तयार गरेका छौं । पढाई मात्र नभई अतिरिक्त खेल, म्युजिक, अडियो, भिडियो, रोर्बटिक लगायतका माध्यमहरुबाट पनि सिकाई प्रक्रिया सञ्चालन गरिरहेका छौं । हामीले २ प्रकारको ब्रिज कोर्सको तयारी गरेको छौं । विषयगत र वस्तुगत । सेन्टजेभियर, बुढानिलकण्ठ लगायत उत्कृष्ट कजेजमा पढ्न चाहनेको लागि इन्ट्रान्स परीक्षामा पास हुने तरिकाले अध्ययपन गराउने छौं ।

विशेष संकाय पढ्न चाहाने विद्यार्थीलाई संकाय कै पाठ्यक्रमलाई ध्यान दिएका छौं । अहिलेको अवस्थामा साइन्स पढ्नेले मात्र ब्रिज कोर्स अध्ययन गर्ने होइन, जुनकुनै संकायको लागि यो कोर्स आवश्यक छ । ताकि कुन विषय अध्ययन गरेर कस्तो उपलब्धी हासिल गर्ने अग्रिम जानकारी लिन सकुन् । विद्यार्थीको क्षमता र रुचिलाई पहिचान गरी राम्रो सुझाव र शिक्षा दिनु आजको आवश्यकता हो । हामीले विगत केहि वर्षदेखि नै यस कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीले विद्यार्थीको सेल्फ डिस्कभरीलाई महत्व दिएका छौं ।

यसको लागी यहि चैत २४ गतेदेखि करिब २ हजार विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने तयारी गरेका छौं । हामी सबैभन्दा पहिले विद्यार्थीको आचरण परीक्षण गर्छौँ । त्यसपछि क्षमता र अन्य कुराहरुलाई ध्यान दिनेछौं । १० हप्ताको कोर्समा हामीले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर अध्ययपन गराउने तयारी गरेका छौं । १० हप्ताको कोर्सको लागि १० हजार रुपैयाँ तोकेका छौं । यो हामीले दिने क्वालिटीको आधारमा निकै सस्तो हो । यस्तै जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छुट र किताब तथा नोटको व्यवस्था गरेका छौं ।

हामीसँग विद्यार्थीले सजिलै सिक्न सक्ने वातावरण र उच्च व्यवसायिक शिक्षकहरु रहेका छन् । जसले गर्दा विद्यार्थीलाई थप उर्जा मिल्ने छ । हरेक विद्यार्थीको एक उत्कृष्ट कलेजमा पढ्ने सपना रहेको हुन्छ । त्यसको लागि हामीले विशेष कोर्सको तयारी गरेका छौं । कुनै विद्यार्थीले कुन विषयमा कति प्रगति गर्न सक्छ भनेर हामी करियर काउन्सिल गर्छौ ।

करियर काउन्सिलिङ महत्वपूर्ण विषय हो । हामीले विशेषगरी विद्यार्थीहरुलाई सेल्फ डिस्कभरी गर्ने गरि मोटिभेट गरिरेका हुन्छौं । एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविश्य के हो । यो कुरामा हामीले ध्यान दिइरहेका छौं । ताकि विद्यार्थीले लिएको ज्ञान सिपले उच्च व्यवसायिक सफलता हात पार्न सकोस् । यो कुरा हामीले कोर्समा दिनेछौं ।

Share News