पोखरा विश्वविद्यालयका ३४४ विद्यार्थीको बिचल्ली, ठगी गर्ने कलेजलाई के हुन्छ कारबाही ?

<p>काठमाडौं। अन्तत: पोखरा विश्वविद्यालयमा अन्तर्गत रहेका कलेजहरुमा अध्ययनरत डी प्लस ल्याएका ३४४ बिद्यार्थीको रजिष्ट्रेशन नरहने भएको छ।  यो संगै ११ र १२ मा &#8216;डि&#8217; ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा पढ्न नपाउने भएका छन्। विश्वोविद्यालयले शनिबार विज्ञप्ती निकाल्दै आफु अन्तर्गत रहेका कुनै पनि कलेजले डी प्लस ल्याएका बिद्यार्थी भर्ना गरेको पाइए वा पुनः नियम उलंघन गरेको [&hellip;]</p>

काठमाडौं। अन्तत: पोखरा विश्वविद्यालयमा अन्तर्गत रहेका कलेजहरुमा अध्ययनरत डी प्लस ल्याएका ३४४ बिद्यार्थीको रजिष्ट्रेशन नरहने भएको छ।  यो संगै ११ र १२ मा ‘डि’ ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा पढ्न नपाउने भएका छन्।

विश्वोविद्यालयले शनिबार विज्ञप्ती निकाल्दै आफु अन्तर्गत रहेका कुनै पनि कलेजले डी प्लस ल्याएका बिद्यार्थी भर्ना गरेको पाइए वा पुनः नियम उलंघन गरेको अवस्थामा सम्बन्धित कलेजको सम्बन्धन खारेज हुन सक्ने पनि बताएको छ।

विश्वोविद्यालय लामो समय देखी डि ग्रेड ल्याएका विद्यार्थीको रजिस्ट्रेसको बिषयलाई लिएर चर्काचर्की चलिरहेको थियो। गत जेठ्मा विश्वविद्यालय प्राज्ञिक परिषद् बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो जसमा कक्षा ११ र १२ मा हरेक बिषयमा न्युनतम सि ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा अध्ययन गर्ने पाउने बताईएको थियो।

तर विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले भने मापदण्ड आफुखुसी व्याख्य गरेर समग्रमा सि ग्रेड ल्याउने विद्यार्थीलाई पनि भर्ना गरेका थिए। विश्वोविद्यालयबाट सम्बन्ध प्राप्त ४२ कलेज मध्ये ३८ कलेजले मापदण्ड मिचेर भर्ना लिएको पाईएको परिक्षा नियन्त्रण कार्यलयले बताएको छ। यसमा पनि सबैभन्दा धेरै एपेक्स र क्वेस्ट इन्टरनेसनल कलेजले २२-२२ जना विद्यार्थी मापदण्ड विपरित भर्ना गरेका छन्।

 

 

Share News