सिटिजन्स बैंकको वार्षिकोत्सवमा सिइओ पोखरेलसहित ५६६ जनाले गरे रक्तदान

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गणेशराज पोखरेल सहित कुल ५६६ जनाले रक्तदान गरेका छन् । बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गणेशराज पोखरेल सहित कुल ५६६ जनाले रक्तदान गरेका छन् ।

बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम गरिएको हो ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ जनाले रक्तदान गरेका हुन् ।

उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ गरी कुल ५६६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

सिटिजन्सले २०६४ बैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भई बैंकिंग सेवा पुर्याउँदै छ ।

Share News