विश्व मलेरिया दिवस : काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षण, कसरी बच्ने ?

<p>काठमाडौं। लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको [&hellip;]</p>

काठमाडौं। लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ।

प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ।

नेपालमा औलोको उच्च जोखिम भएका १२ जिल्लाका मानिस औलोको जाखिममा रहेका छन्।

२०७३/७४ को तथ्यांक हेर्ने हो भने मलेरिया संक्रमित बिरामी १ हजार १ सय २८ जना भेटिएका छन्। त्यस्तै आर्थिक वर्ष २०७२/७३ को तथ्याकं हेन्र्ने हो भने औंला(मलेरिया) बाट आयातित ४ सय ८५ र स्थानीय ५ सय ६ संक्रमित भेटिएका थिए।

औलो रोगका लक्षण

औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।

निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।

नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकन मुलुकहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ।

औलोबाट कसरी बच्ने ?

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।

घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ।

औलोबारे महत्वोपुर्ण सन्देश :

– औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

– काम ज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो।

– स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार निःशुल्क हुन्छ।

– परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ।

– लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय हो, त्यसैले सुत्दा झुलभित्र सुत्नुपर्छ।

– घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्नुपर्छ।

Share News