नेपालमा पहिलोपटक मानिसमा देखियो बर्ड फ्लु, २१ वर्षीय युवकको मृत्‍यु

<p>काठमाडौं। बर्ड फ्लु मानिसमा हत्तपत्त लाग्ने रोग होईन त्यसैले पनि मानिसहरुमा बर्ड फ्लु लागेको समाचारहरु खासै सुन्न पाईदैन। तर भर्खरै नेपालमा एक जना मानिसमा बर्ड फ्लुको कारण उनको मृत्&#x200d;यु भएको छ। मानिसलाई बर्ड फ्लु लागेको शायदै यो नेपालको पहिलो घटना हो। मृत्&#x200d;यु हुने युवक २१ वर्षीय  बर्षको र काभ्रेको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ज्वोरो [&hellip;]</p>

काठमाडौं। बर्ड फ्लु मानिसमा हत्तपत्त लाग्ने रोग होईन त्यसैले पनि मानिसहरुमा बर्ड फ्लु लागेको समाचारहरु खासै सुन्न पाईदैन। तर भर्खरै नेपालमा एक जना मानिसमा बर्ड फ्लुको कारण उनको मृत्‍यु भएको छ।

मानिसलाई बर्ड फ्लु लागेको शायदै यो नेपालको पहिलो घटना हो। मृत्‍यु हुने युवक २१ वर्षीय  बर्षको र काभ्रेको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ज्वोरो र खोकीको कारण चैत १० गते अस्पताल पुगेका उनको मृत्‍यु चैत १५ गते श्वासप्रश्वासमा समस्य आएपछी मृत्‍यु भएको बताईएको छ। उपचारको क्रममा उनको र्याल जाँचको लागि पठाईेको थियो जसको कुनै पनि नतिजा नआएको कारण जापान पठाईएको थियो। जापानबाट बैशाख १७ मा आईपुगेको रिपोर्टले उक्त र्यालमा एच फाइभ एन वान भाईरस भएको देखाएको हो।

बर्ड फ्लू मानिसमा संक्रमण तब हुन्छ जब भाइरस एक व्यक्तिको आँखा नाक वा मुखमा पर्छ। यो हावामा यदी भाईरस छ वा यदी मानिसले भाईरस युक्त केही छुन्छ भने पनि सर्ने गर्दछ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो रोग १९९३ मा पत्ता लागेको थियो। त्यसयता २००३ देखी ८६० मानिसमा यसको संक्रमण भेटिएको छ। यसको कारण रोग लागेको ५० प्रतिसत मानिसको मृत्‍यु भएको बताईन्छ।

Share News