अल्फाबिटामा एसईई परीक्षा दिएर बसेका विधार्थीलाई नयाँ ढंगले कक्षा सञ्चालन, ब्रिजकोर्समा भर्ना खुला

<p>काठमाडौं । अल्फाबिटाले एसईई परीक्षा दिएर बसेका विद्यार्थी केन्द्रित ब्रिजकोर्स कक्षा संचालनको लागि भर्ना खोलेको छ । कक्षा ११ को कक्षा संचालन हुन २ महिना बाँकी छँदा अल्फाबिटाले ६ हप्ते कक्षा संचालनको लागि भर्ना खोलेको हो । ब्रिजकोर्सलाई कक्षा १० र ११ को पुलको रुपमा मानिन्छ । एसईईपछि कक्षा ११ को विषय छनौटको कुरालाई जोड्न [&hellip;]</p>

काठमाडौं । अल्फाबिटाले एसईई परीक्षा दिएर बसेका विद्यार्थी केन्द्रित ब्रिजकोर्स कक्षा संचालनको लागि भर्ना खोलेको छ । कक्षा ११ को कक्षा संचालन हुन २ महिना बाँकी छँदा अल्फाबिटाले ६ हप्ते कक्षा संचालनको लागि भर्ना खोलेको हो ।

ब्रिजकोर्सलाई कक्षा १० र ११ को पुलको रुपमा मानिन्छ । एसईईपछि कक्षा ११ को विषय छनौटको कुरालाई जोड्न ब्रिजकोर्स एकदमै महत्वपूर्ण रहेको ब्रिजकोर्स अध्ययन गरिसेको विद्यार्थीहरु बताउँछन् ।

बानेश्वर स्थित अल्फाबिटाले ब्रिजकोर्स कक्षा नयाँ ढंगले सञ्चालन गरिरहेको छ । कक्षालाई पढाईसँग मात्र सम्बन्धित नगराएर अल्फाबिटाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउँछ । विधार्थीको बोल्ने शैली, आफुलाई प्रस्तुत गर्ने तरिका, समूहमा बोल्न सक्ने क्षमता बिकास, नेतृत्व बिकास जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । अल्फाबिटाले विद्यार्थीको अभिरुचीलाई ध्यानमा राख्दै संगीत, पेन्टिङ, नृत्य जस्ता अतिरिक्त क्रियाकलाप पनि सिकाउँछ ।

बिगत २८ बर्ष देखी शैक्षिक परामर्श दिदै आएको अल्फाबिटा नेपालको उत्कृष्ट शैक्षिक परामर्शदाताको रुपमा चिनिन्छ ।

अल्फाबिटाले सेन्जेभियर प्रवेश परीक्षा, एड्भान्स साईन्स कोर्स, ए लेभल प्रवेश परीक्षा, एडभान्स म्यानेजमेन्ट कोर्स र नर्सिङ प्रवेश परीक्षामा लक्षित गरेर कक्षा संचालन गर्दै आएको छ । विद्यार्थीलाई रुची भएका बिषयको बारेमा राम्रो जानकारी दिने काम पनि गर्दै आएको छ ।

Image result for alfa beta bridgecourse

Share News