गलत समुहको रगत चढाइएकी बालिकाको मृत्‍यु

<p>काठमाडौं। गलत समुहको रगत चढाउँदा बाँसबारी स्थित शाहीद गंगालाल अस्पतालमा एक बालिकाको मृत्&#x200d;यु भएको छ। गलत रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको आईतबार साँझ मृत्&#x200d;यु भएको हो। १७ गते गलत रगत चढाएको कारण बालिकाको स्वास्थ्यमा गम्भिर समस्या आएको थियो। मृतक बालिकाको आफन्तले अस्पतालको लापरवाहीको कारण ज्यान गएको भन्दै आक्रोशित भएका छन्। अस्पतालले सम्बन्धित चिकित्सकलाई कारबाही [&hellip;]</p>

काठमाडौं। गलत समुहको रगत चढाउँदा बाँसबारी स्थित शाहीद गंगालाल अस्पतालमा एक बालिकाको मृत्‍यु भएको छ। गलत रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको आईतबार साँझ मृत्‍यु भएको हो।

१७ गते गलत रगत चढाएको कारण बालिकाको स्वास्थ्यमा गम्भिर समस्या आएको थियो।

मृतक बालिकाको आफन्तले अस्पतालको लापरवाहीको कारण ज्यान गएको भन्दै आक्रोशित भएका छन्। अस्पतालले सम्बन्धित चिकित्सकलाई कारबाही नगरे र उचित छातीपुर्ती नदिएसम्म शव अस्पतालबाट नउठाउने बताएका छन्।

बालिकालाई मुटुमा समस्या भएपछी बैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो।

Share News