
काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षको पारिश्रामिक ठेचोस्थित सरस्वती उच्च माध्यामिक विद्यालयलाई दिने भएका छन् ।
विद्यालयले आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा उनले गरीब र असहाय विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रकम सहयोग गर्ने घोषणा गरेको बताए । मेयर महर्जनले आफूले माध्यामिक तहसम्म पढेको विद्यालय भएकाले त्यससँग भावनात्मक सम्बन्धसमेत रहेको बताए । भने, “विद्यालयमा आउने विद्यार्थी ज्यादै कम भएकाले यो रकम स्थानीय विद्यार्थी बढाउनमा खर्च होस् ।”
प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ । भ्याट कटौती गर्दा एक वर्ष बराबरको पारिश्रमिकबापतको रकम झण्डै रु तीन लाख ५० हजार हुन्छ । रासस