एनआईसी एशियाका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा १० प्रतिशत छुट

<p>काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि, त्रिपुरेश्वर बीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको [&hellip;]</p>

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि, त्रिपुरेश्वर बीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Share News