अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटीमा हाजिरजवाफ प्रतियोगिता

<p>काठमाडौं। अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बुधबार आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखीएको यस प्रतियोगिताका सहभागी मध्ये आस्मा प्रधानले प्रथम स्थान, श्रृजना श्रेष्ठले दोश्रो स्थान तथा रोमी महर्जनले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् [&hellip;]</p>

काठमाडौं। अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बुधबार आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखीएको यस प्रतियोगिताका सहभागी मध्ये आस्मा प्रधानले प्रथम स्थान, श्रृजना श्रेष्ठले दोश्रो स्थान तथा रोमी महर्जनले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् ।

आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।

प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट‘ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ ।

नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

Share News