कोलगेटमा भेट्टियो क्यान्सर विकास गर्ने रसायन

<p>काठमाडौं। भर्खरै निक्लिएको अनुसन्धानको रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ। टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि [&hellip;]</p>

काठमाडौं। भर्खरै निक्लिएको अनुसन्धानको रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ।

टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको थियो।

ट्रिक्लोसानले छालाबाट शरीरमा प्रवेश गरेर शरीरको हार्मोनमा असन्तुलन ल्याउने गर्दछ। २००८ मा २५१७ मानिसमा गरिएकोको टेस्टको नतिजा अनुसार ६ बर्ष देखी माथिको ७५ प्रतिसतको पिसाबमा ट्रिक्लोसान पाईएको थियो।

यधापी अध्ययनले यस्तो देखाउँदा देखाउँदै पनि कोलेगेटले अझै पनि आफु स्वोस्थ टुथपेस्ट रहेको र यसले मानिसको स्वास्थ्यलाई कुनै पनि हानी नगरने दाबी गर्दै आएको छ।

संसारमा प्रयोग हुने टुथपेस्टमा कोलेगेट प्रसिद्द टुथपेस्टमा पर्दै आएको छ।

Share News