काठमाडौंका ११ वटा सरकारी अस्पताल नजिकै शुर्तिजन्य वस्तुको व्यापार निषेध

<p>काठमाडौं। उपत्यकका ११ वटा अस्पताल नजिकै शुर्तिजन्य वस्तु खाने तथा बेचबिखन निषेध गरिएको छ। प्रहरीले काठमाडौंको सरकारी अस्पतालमा आजबाट यो नियम लागु गरेको हो। प्रहरीले काठमाडौंको विर अस्पताल, कान्ति बाल अस्पताल, किर्तिपुर अस्पताल, सिभिल अस्प्ताल, थापथली प्रसुती गृह, टिचिङ अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगलाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल को १०० मिटर वरपर [&hellip;]</p>

काठमाडौं। उपत्यकका ११ वटा अस्पताल नजिकै शुर्तिजन्य वस्तु खाने तथा बेचबिखन निषेध गरिएको छ। प्रहरीले काठमाडौंको सरकारी अस्पतालमा आजबाट यो नियम लागु गरेको हो।

प्रहरीले काठमाडौंको विर अस्पताल, कान्ति बाल अस्पताल, किर्तिपुर अस्पताल, सिभिल अस्प्ताल, थापथली प्रसुती गृह, टिचिङ अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगलाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल को १०० मिटर वरपर सुर्तिजन्य वस्तुको सेवन र बेचबिखन बन्द गरेको हो।

यदी कसैले नियम उल्लङघन गरेको पाईएमा पहिलो पटकमा सम्झाई बुझाई गर्ने र गल्ती दोहोरिएको पाईएमा १०० रुपैंया जरिवना तिराउने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

जरिवाना स्वोरुप उठाईएको उक्त रकम सरकारको राज्स्वोमा संकलन हुने बताईएको छ।

Share News