काठमाडौं । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ठ विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो ।
साथै, बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएको बताएको छ । आगामी दिनहरुमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
हालसम्म बैंकले ९६ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।