जेठ ९ देखी ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ हुँदै

<p>काठमाडौं। उच्च शिक्षा माध्यमिक विद्यालय शिक्षा संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसनले संयुक्त रुपमा &#8216;कान्तिपुर हिसान एडुफेयर २०१९&#8217; हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा यही जेठ ९ देखी १२ गते सम्म &#8220;उत्कृष्ट शिक्षा नेपालमै&#8221; भन्ने नाराको साथ संचालन हुन लागेको हो। नेपालमै संचालित शिक्षालयहरुको गुणस्तरिय शिक्षाको बारेमा उचित परामर्श फेयरबाट प्राप्त हुने संचालकहरुले बताएका छन्। फेयरमा [&hellip;]</p>

काठमाडौं। उच्च शिक्षा माध्यमिक विद्यालय शिक्षा संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसनले संयुक्त रुपमा ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ हुने भएको छ।

राजधानीको भृकुटीमण्डपमा यही जेठ ९ देखी १२ गते सम्म “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराको साथ संचालन हुन लागेको हो।

नेपालमै संचालित शिक्षालयहरुको गुणस्तरिय शिक्षाको बारेमा उचित परामर्श फेयरबाट प्राप्त हुने संचालकहरुले बताएका छन्।

फेयरमा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्था तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमांचल र सुदूरपश्चिमांचल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले बताएको छ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक, अभिभावक तथा शिक्षा संग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलामा निःशुल्क प्रवेशको साथै विद्यार्थीहरुलाई विभिन्न शैक्षिक संस्थाहरु मार्फत नि:शुल्क छात्रवृतिको समेत व्यवस्था गरिएको छ ।

Share News