चालु आर्थिक बर्षमा १ हजार ५७ मुटुको शल्यकृया, १ लाख भन्दा बढीलाई ओपिडी सेवा

<p>काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका ६०१ बालबालिकाको र ७५ बर्ष भन्दा माथिको ४५६ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। आर्थिक बर्ष २०७५/७६ को फागुनसम्म १ लाख [&hellip;]</p>

काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका ६०१ बालबालिकाको र ७५ बर्ष भन्दा माथिको ४५६ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो।

आर्थिक बर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४ सय ७४ मुटुको बिरामीहरुलाई बहिरङ्ग मार्फत स्वास्थ्य सेवा उपलब्ध गराईएको छ। त्यस्तै ११८८ बिरामीको विभिन्न खाले मुटुको शल्यकृया तथा ५१२९ बिरामीको क्याथल्याब मार्फत उपचार गरिएको छ। यस अवधिमा १२५७ विद्यार्थीको एन्जियोप्लास्टिक र १९३५ बिरामीको क्याथल्याब गरिएको छ।

यस्तै ४४३३ विपन्न नागरिकले मुटुको उपचारको लागि औषधी उपचार खर्च पाएका छन्।

Share News