धुपको धुवाँ चुरोट भन्दा पनि खतरनाक

<p>भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका छन्। २०१५ मा स्प्रिङरको जर्नल पर्यावरणीय रसायनशास्त्र पत्रमा प्रकाशित भएको चिनको अध्ययनले धुप र चुरोटको धुवाँको दाँजोमा धुपमा बढी खतरनाक रसायनहरु [&hellip;]</p>

भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका छन्।

२०१५ मा स्प्रिङरको जर्नल पर्यावरणीय रसायनशास्त्र पत्रमा प्रकाशित भएको चिनको अध्ययनले धुप र चुरोटको धुवाँको दाँजोमा धुपमा बढी खतरनाक रसायनहरु भएको बताएको थियो। अध्ययनले धुपमा पाइने केही रसायनहरु चुरोटमा पनि पाईने बताएको छ।

सम्बन्धित छवि

अध्ययनले धुपको नजिक लामो समय सम्म रहँदा शरीरको डिएनएमा नै परिवर्तन ल्याउने र यसमा विभिन्न प्रकारका विषाक्त पदार्थहरू जस्तै मुटाजेनिक, जेनोटोक्सिक र साइटोटोक्सिक हुने र यसले क्यान्सर र फोक्सोको रोगहरु लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन्।

यस्तै धुपको धुवाँ श्वासप्रश्वास नलीमा जम्मा भई त्यसभागमा जलन हुने अध्यनले बताउँदछ। यसमा साना-साना ६४ भन्दा बढी कणहरु भएको कारण यो स्वास्थ्यको लागि हानिकारक भएको अनुसन्धानकर्ताहरुको भनाई रहेको छ।

सम्बन्धित छवि

टाईम्स अफ ईण्डियाको सहयोगमा

Share News