एमबीबीएस पढ्ने १० जनालाई १०-१० लाख छात्रबृत्ति, २ वर्ष तोकिएको संस्थामा काम गर्नु पर्ने

<p>काठमाडौँ । प्रदेश १ सरकारले एमबीबीएस अध्ययन गर्ने १० जनालाई १० लाखका दरले छात्रबृत्ति दिने भएको छ । प्रदेश नम्बर १ मा स्थायी बसोवास गरिरहेका र विकट भौगोलिक स्थान वा मानव सूचाङ्कले पछि परेको स्थान वा आर्थिक रुपमा विपन्न विधार्थीलाई नेपालका कुनैपनि मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत १० जनालाई छात्रबृत्ति दिने सामाजिक विकास मन्त्रालय [&hellip;]</p>


काठमाडौँ । प्रदेश १ सरकारले एमबीबीएस अध्ययन गर्ने १० जनालाई १० लाखका दरले छात्रबृत्ति दिने भएको छ ।

प्रदेश नम्बर १ मा स्थायी बसोवास गरिरहेका र विकट भौगोलिक स्थान वा मानव सूचाङ्कले पछि परेको स्थान वा आर्थिक रुपमा विपन्न विधार्थीलाई नेपालका कुनैपनि मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत १० जनालाई छात्रबृत्ति दिने सामाजिक विकास मन्त्रालय उच्च शिक्षा महाशाखाले जनाएको छ ।

छात्रबृत्तिमा छनौट भएकाहरुले प्रदेश १ मा तोकिएको स्वास्थ्य संस्थामा गई २ वर्षसम्म काम गर्ने कबुलियत गर्नु पर्ने महाशाखाले जनाएको छ ।

 

Share News