इपीएस भाषा परीक्षाको केन्द्र तोकियो (नामावलीसहित)

<p>काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तरगत सन् २०१९ को कोरियाली भाषा परीक्षाको लागि तोकिएका ३२ परीक्षा केन्द्रको नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जेठ २५ र २६ गते हुने परीक्षाको परीक्षा केन्द्र निधारण गरेको हो । ईपीएस शाखाका अनुुसार काठमाडौँमा २१, ललितपुरमा ७ र पोखरामा ४ केन्द्र तोकिएको छ । [&hellip;]</p>


काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तरगत सन् २०१९ को कोरियाली भाषा परीक्षाको लागि तोकिएका ३२ परीक्षा केन्द्रको नामावली सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जेठ २५ र २६ गते हुने परीक्षाको परीक्षा केन्द्र निधारण गरेको हो । ईपीएस शाखाका अनुुसार काठमाडौँमा २१, ललितपुरमा ७ र पोखरामा ४ केन्द्र तोकिएको छ ।

यी हुन् परीक्षा केन्द्र
काठमाडौँ र ललितपुरमा जिल्लाका वाग्मती बोर्डिङ स्कूल सुकेधारा, द न्यू समिट स्कूल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन, लिटिल एन्जल स्कूल हात्तिवन, एलआरआई स्कूल कलंकी, एनकेसिंह मेमोरियल स्कूल मीनभवन, भीएस निकेलन मीनभवन, ल्याब्रोटरी उच्च मावि किर्तिपुर, नाइटिङ्गल स्कूल कुपण्डोल, मुनलाइट मावि कुमारीपाटी, लोयल्टी एकेडेमी मण्डीखाटार, काठमाडौँ मोडल कलेज बालकुमारी, गोल्डेनगेट कलेज बत्तीसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, लिटिल एन्जल्स हात्तिवन, नोबेल एकेडेमी नयाँ बानेश्वर, पिनाकल एकेडेमी लगनखेल, टाइम्स इन्टरनेशनल डिल्लीबजार, ट्रिनिटी कलेज कालिकास्थान, युनिभर्सल कलेज शान्तिनगर, भीएस निकेतन तीनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कूल बौद्ध, रेडन कलेज समाखुसी, किस्ट कलेज कमलपोखरी र साउन बोस्टर्न स्टेट कलेज बसुन्धरा परीक्षा केन्द्र तोकिएका हुन् ।

त्यसैगरी, पोखराका पोखरा पब्लिक स्कूल चौथे, स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कूल सिमल चौर र सिर्जना सेकेण्डरी स्कूल सिर्जनाचोकमा परीक्षा सञ्चालन हुनेछ ।

२ सत्रमा परीक्षा सञ्चालन
एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ ।

भाषा परीक्षामा ९२ हजार सहभागी हुँदै
सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् ।

नतिजा असार १३ गते प्रकाशित गरिने
भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ ।

५८ हजार नेपाली कोरियामा
हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५-२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

Share News