
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरप्रा.लि., हसनपुर, धनगढी, कैलाली बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरप्रा.लिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।