
काठमाडौँ । आठ बर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीबन पाएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवन पाएको बताएको छ ।
बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन ।
ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पताले पायो भने जुनसुकै बेला तयार रहेको बताए ।
ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो ।
कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको अस्पातालले जनाएको छ ।