एनसीसी बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

<p>काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट [&hellip;]</p>

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ह्याम्स अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरmले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

Share News