सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल प्रालि बिराटनगरमा विशेष छुट

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल प्रा.लि, बिराटनगर, मोरङ्गबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल प्रा.लि, बिराटनगर, मोरङ्गबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News