
काठमाडौं। डेंगु रोगको किटलाई भएको भन्दा बढी रकममा बेच्ने अस्पताल तथा मेडिकल कलेजलाई कारबाही गर्ने चेतावानी दिएको छ। बढी मुल्य लिएर किट बेचेको उजुरी बढ्दै गएपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्ने भन्दा बढी मुल्यमा बेचिएको पाईएमा कारबाही गर्ने चेतावनी दिएको हो।
मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो भएको पाईएमा संस्थालाई कालोबजारीको कुसुरमा कारबाही गर्ने बताएको छ। केही हप्ता अघि सुनसरी क्षेत्रमा फैलिएको डेंगु रोगको अवस्थालाई हेरेर स्वास्थ्य संस्थाहरुले ४०० पर्ने किटलाई १८०० देखी २४०० लिएको गुनासोहरु आईरहेका छन्।
पुर्वको सुनसरी जिल्लामा गत बैशाख ३० देखी डेंगु महामारीको रुपमा फैलिरहेको छ। हाल सम्म उक्त स्थानमा ५७६ जनामा डेंगु पोजिटीभ देखिएको छ यधापी कसैको मृत्यु भने भएको छैन। बर्षायाम समयभन्दा अगाडि भएको कारण लामखुट्टेहरु सक्रिय भएर डेंगुले महामारीको रुप लिएको सरुवा रोग बिशेषज्ञ बताउँछन्।