भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन

<p>काठमाडौं । कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो । विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए [&hellip;]</p>

काठमाडौं । कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो ।

विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए ।अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपानेको नेतृत्वमा रहेको वार्ता टोलीले आन्दोलनरत कर्मचारीसँग छलफल गरी उनीहरूको माग पूरा गराउने सहमति गराएपछि बन्द सेवा सञ्चालनमा आएको आन्दोलनरत कर्मचारीे सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताएका छन् ।

उनले विगत १० दिनदेखि जारी आन्दोलन भने फिर्ता नलिएको तर सेवा ठप्प पारेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भएकाले सेवा चालू गराइएको बताए । आन्दोलनरत कर्मचारीले शुक्रबार पनि हातमा कालो पट्टि बाँधेर काम गरिरहेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेर निष्काशनको तयारी गरेको भन्दै २२ वर्षदेखि कार्यरत ३५ कर्मचारी आन्दोलनमा उत्रिएका थिए । रासस

Share News