गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा १५ प्रतिशत छुट

<p>काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका [&hellip;]</p>


काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ ।

आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।

Share News