
काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिरााटनगर अस्पतँल प्रालिमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पतँल प्रालि (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराटनगर अस्पतँल प्रालिले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।
“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतँल प्रालिसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले विश्वास व्यक्त गरे ।
“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको बिराटनगर अस्पतँल प्रालिका निर्देशकसुनिल तपरियाले बताए ।