एनआईसी एशियाका ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट

<p>काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि बसुन्धरा, काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि बसुन्धरा, काठमाडौंबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

Share News