मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ संस्था सूचीकृत, कुन कुन परे ?

<p>काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० वटा स्वास्थ्य संस्थाको आवेदन पेश गरेका थिए । ती मध्ये मापदण्ड पूरा  गरेका ९९ स्वास्थ्य संस्था सूचीकृत भएका हुन् । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले बिहीबार सूचना प्रकाशित [&hellip;]</p>

काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० वटा स्वास्थ्य संस्थाको आवेदन पेश गरेका थिए । ती मध्ये मापदण्ड पूरा  गरेका ९९ स्वास्थ्य संस्था सूचीकृत भएका हुन् ।

श्रम रोजगार तथा सामाजिक मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी १ सय ३८ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा नगरेको कारण स्वास्थ्य परिक्षणको लागि मान्य नहुने जानकारी दिएको छ ।

मन्त्रालयबाट खटिएको प्राविधिकहरु सहितको टोलीले गरेको स्थलगत अध्ययन, अनुगमन तथा निरीक्षण प्रतिवेदनको आधारमा विशेषज्ञ समितिबाट ९९ वटा स्वास्थ्य संस्थाले सरकारी मापदण्ड पूरा गरेको हो ।

यी हुन मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरु :

 

Share News