टाउकोमा गोली लागेका रामजी चेपाङको नर्भिकमा उपचार

<p>काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ । कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही [&hellip;]</p>

काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ ।

कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो ।

अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिएभने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो ।

उनलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिए र असार १९ गते विहीबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो ।

Share News