काठमाडौं । नबिल बैंकले असार १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल(वीभीएस नेपाल)लाई एकलाख रुपैयां वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ ।
बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकम वीभीएस नेपाललाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागी हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए ।