काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गतेबाट लागु हुने गरी १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डाÞ. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।