
काठमाडौँ । देवः विकास बैंक लि.ले १३ औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल, काठमाडौंको सहकार्यमा कार्यक्रमसम्पन्न भएको हो ।
यसैगरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै विद्यार्थीहरु, भक्तजनहरु एवम् स्थानीयहरुको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको छ ।