एनआईसी एशियाका ग्राहकलाई मेघा हस्पिटलमा ३० प्रतिशत छुट

<p>काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका छन् ।

Share News