विश्व हेपाटाइटिस दिवसको अवसरमा चेम्बरद्धारा रक्त परीक्षण शिविर

<p>काठमाडौँ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रालिले संयुक्त रुपमा रक्त परीक्षण कार्यक्रम शुरु गरेको छ । सहुलियत दरमा मंगलबारदेखि भएको २ दिने रक्त परीक्षणमा एचबीएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरीक्षण सम्बन्धित बिज्ञ डाक्टर एवम् प्राविधिकबाट गरिएको छ । आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एवम् अन्य [&hellip;]</p>


काठमाडौँ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रालिले संयुक्त रुपमा रक्त परीक्षण कार्यक्रम शुरु गरेको छ ।

सहुलियत दरमा मंगलबारदेखि भएको २ दिने रक्त परीक्षणमा एचबीएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरीक्षण सम्बन्धित बिज्ञ डाक्टर एवम् प्राविधिकबाट गरिएको छ ।

आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एवम् अन्य आबद्ध संघका पदाधिकारी एवम् सदस्यहरु, उद्योगी व्यवसायी एवम् सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत थियो । बुधबार अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्त परीक्षण कार्यक्रम रहेको छ ।

Share News