काठमाडौं। नेपालकै ईतिहासमा पहिलोपटक आयोजना गरिएको ‘सुदिप्ता बाल क्यान्सर सर्भाइभर र्याम्प सो’ सम्पन्न भएको छ। नेपाल क्यान्सर समुह र नेपाल क्यान्सर अस्पतालको संयोजकतामा कार्यक्रम सम्पन्न भएको हो।
शनिबार सानेपा स्थित हेरिटेज गार्डनमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी क्यान्सर सर्भाइभरबालबालिकालाई र उनिहरुलाई हौसाल प्रदान गर्न नेपाल क्यान्सर अस्प्तालका डाक्टरहरु र्याम्पमा उत्रिएका थिए।
बालबालिकाको क्यान्सरको उपचार सम्भव छ भन्ने सन्देश फैलाउन र क्यान्सर भएता पनि बालबालिकाहरुले उनिहरुको जिनद्गीको मिठास कहिले पनि नभुलुम् भन्ने उदेश्यको साथ आफुहरुले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्।
शो मा क्यान्सर सर्भाइभर बालबालिकाले आफ्नो उपचारको क्रममा भएका घटनाहरु सुनाउँदै आफ्न प्रतिभाहरु प्रदर्शन गरेका थिए। कार्यक्रममा मुख्य अतिथीको रुपमा उपराष्ट्रपति नन्द किशोर पुनको उपस्थिती रहेको थियो। पुनले कार्यक्रममा बोल्दै नेपाल क्यान्सर अस्पताललाई धन्यवाद दिदैँ आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।
कार्यक्रममा धेरै व्यक्तीले बालबालिकाको उपचारको लागि रकम पनि दान गरेका थिए। कार्यक्रम संयोजकता स्वोरुपा श्रेष्ठले सबैलाई अझै सहयोग गरिदिन आग्रह गरिन्। उनेल आगामी दिनमा क्यान्सर क्षेत्रमा नेपाल क्यान्सर अस्पताल र नेपाल क्यान्सर सपोर्ट ग्रुपले अझै राम्रो गर्दै जाने प्रतिबद्दता जनाईन्।
विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाखको हाराहारिमा क्यान्सरका बिरामी रहेका छन्। प्रत्एक बर्ष ९० लाखको मानिसको मृत्यु क्यान्सरका कारण हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ । प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ ।
नेपाल जस्तो विकास उन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगालिकता , गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याउन सकिने स्थिति छैन ।
समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउँछन्। उनी भन्छन् —‘समाजका अन्य स्वस्थ बालबालिकाको समुहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्येश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता आयोजकहरुले गरेका छन् । 